Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

‘आमा खम्बा’ पुरस्कार चार स्रष्टालाई

‘आमा खम्बा’ पुरस्कार चार स्रष्टालाई

  • 497
    SHARES
  • ‘आमा खम्बा’ पुरस्कार चार स्रष्टालाई

    काठमाडौं । यस वर्षको नेपाली साहित्यका ‘आमा खम्बा’ पुरस्कार मायाँ ठकुरी, पदमावती सिंह, भगिरथी श्रेष्ठ र जलेश्वरी श्रेष्ठलाई प्रदान गरिएको छ ।

    स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले अक्षलोक साहित्यिक केन्द्रद्वारा आज काठमाडौंको जमलमा आयोजना गरिएको कार्यक्रम सो सम्मान प्रदान गरेका हुन् ।

    यस्तै सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्रले ‘युगल साहित्यक साधक सम्मान’ साहित्यकार मोहन दुवाल र भारती श्रेष्ठलाई तथा ‘सिद्धिश्वरमान मिलन मुक्ति सम्मान’ सुशिला प्रधानांगलाई प्रदान गरेको हो ।

    कदरपत्रसहित पुरस्कार तथा सम्मानको राशी जनही नगद १० रहेको छ । त्यस्तै ‘सिद्धिश्वरमान-चन्द्रविष्णु’ अन्तर्राष्ट्रिय सामाजिक योगदान पुरस्कार शैलेन्द्रकुमार मानन्धर र ‘सिद्धिश्वरमान-महेश्वरमान सम्मान’ उत्कृष्ट प्राध्यापक प्राडा.गोविन्द नेपाललाई प्रदान गरिएको छ ।

    अक्षलोक साहित्यक केन्द्रका संस्थापक सिद्धिश्वरमान श्रेष्ठ हुन् । प्रगतिशिल साहित्यकार श्रेष्ठले २०३८ सालमा प्रकाशन गरेकाे अक्षलोक त्रैमासिक पत्रिकाले समाजका विभिन्न क्षेत्रमा रही योगदान पुर्‍याउने विभिन्न व्यक्तिलाई सम्मान गर्दै आएको छ ।

    प्रगतिशील साहित्यकार श्रेष्ठको निधनपछि उनकी धर्मपत्नी डा.सावित्री श्रेष्ठले ‘सिद्धिश्वरमान अक्षलोक साहित्यक केन्द्र’ मार्फत संस्थाको गतिविधिलाई निरन्तरा दिँदै आएकी छिन् ।

    कार्यक्रममा केन्द्रकी अध्यक्ष श्रेष्ठको ‘मौनक्रन्दन’ पुस्तकको कार्यक्रमका प्रमुख अतिथि मन्त्री खापुङ, नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती लगायतले संयुक्तरूपमा लोकार्पण गरेका थिए ।       

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij