Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

लोसपा संसदीय दलको बैठक बस्दै

लोसपा संसदीय दलको बैठक बस्दै

  • 620
    SHARES
  • लोसपा संसदीय दलको बैठक बस्दै

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लाेसपा) को संसदीय दलको बैठक बस्दैछ ।

    दिउँसो २ बजे संसद् भवन नयाँ बानेश्वरमा बैठक बस्ने लोसपा सांसद विमलप्रसाद श्रीवास्तवले जानकारी दिए ।

    उपसभामुख पदका लागि आज मतदान हुने भएपछि त्यसअघि निर्णय लिन बैठक बस्न लागेको श्रीवास्तवकाे भनाइ छ ।

    सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी नेत्री पुष्पा भुसाल र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका तर्फबाट विद्या भट्टराई प्रतिस्पर्धामा छन् ।

     प्रतिनिधि सभामा गठबन्धनतर्फ बहुमत भएकाले भुसालको जित निश्चित जस्तै छ ।

    लोसपाले पनि गठबन्धनका उम्मेदवारलाई साथ दिने सम्भावना छ ।

  • सम्बन्धित विषय:

  • # लाेसपा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij