Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

विभिन्न स्थानमा ४ जना मृत फेला

विभिन्न स्थानमा ४ जना मृत फेला

  • 247
    SHARES
  • विभिन्न स्थानमा ४ जना मृत फेला

    काठमाडौं । काठमाडौं, डोटी, गोरखा र रुपन्देहीमा चार जना व्यक्ति मृत अवस्थामा भेटिएका छन् ।

    काठमाडौंको नागार्जुन नगरपालिका-१ रानीवनस्थित मानव सेवा आश्रममा धादिङ कल्लेरी गाउँपालिका-७ घर भएका ६५ वर्षीय नवराज परियार बुधबार मृत फेला परेका छन् ।

    हाल काठमाडौं महानगरपालिका-२२ हनुमानढोकास्थित सडकमा बस्ने परियारलाई गत शनिबार उद्धार गरि उक्त आश्रममा राखिएकोमा सुतिरहेको अवस्थामा शव फेला परेको हो ।

    डोटीको पुर्वीचौकी गाउँपालिका-३ ठाडा गाउँ बस्ने ६० वर्षीया मनसरी बोहरा सोही गाउँपालिका-६ गण्डिगाड खोलाको किनारमा बुधबार मृत फेला परेकी छन् ।

    शनिबार घरबाट हराई बेपत्ता भएकी उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो । गोरखाको गोरखा नगरपालिका-८ आहाले गाउँस्थित बाटोको छेउमा सोही ठाउँ बस्ने २४ वर्षीय अनिष आले बुधबार मृत अवस्थामा फेला परेका छन् ।

    रूपन्देहीको तिलोत्तमा नगरपालिका-१ शिवचोकस्थित सडक किनारामा हाल पहिचान नखुलेका अन्दाजी ६० वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् । 

     

     

  • सम्बन्धित विषय:

  • # मृत फेला

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij