Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

विभिन्न स्थानमा तीन जना मृत फेला

विभिन्न स्थानमा तीन जना मृत फेला

  • 319
    SHARES
  • विभिन्न स्थानमा तीन जना मृत फेला

    काठमाडौं । दाङ, झापा र सुर्खेतमा तीन जना मृत अवस्थामा फेला परेका छन् ।

    दाङको लमही नगरपालिका-३ टिकुलीगढ बस्ने ६० वर्षीय टिकाराम चौधरी सोही ठाउँस्थित खेतमा मंगलबार मृत फेला परेका छन् ।

    त्यस्तै झापाको शिवसताक्षी नगरपालिका-११ स्थित पानी ट्यांकी जाने बाटोको जंगल नजिक चौतारीमा सोही नगरपालिका-८ बस्ने ५५ वर्षीय भरत राई मंगलबार मृत फेला परेका छन् ।

    सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-६ शान्तीटोल बस्ने ९० वर्षीया धनरूपा देवी दमाई घर नजिकै करेसाबारीमा मंगलबार साँझ मृत फेला परेकी छिन् ।

    घरबाट निस्किएकी उनको खोजी गर्ने क्रममा घरकै करेसाबारीमा लडेर मृत्यु भएको अवस्थामा शव फेला पारिएको हो ।

    सबै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # मृत फेला

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij