Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

विभिन्न स्थानमा तीन जना मृत फेला

विभिन्न स्थानमा तीन जना मृत फेला

  • 260
    SHARES
  • विभिन्न स्थानमा तीन जना मृत फेला

    काठमाडौं । गुल्मी, बर्दिया र नवलपरासी (पूर्व)मा तीन जना मृत फेला परेका छन् ।

    गुल्मीको छत्रकोट गाउँपालिका–५ खर्ज्याङ बस्ने ६७ वर्षीय कृतिकुमार श्रेष्ठ सोही ठाउँस्थित बाह्रबिसे खोलाको किनारमा सोमबार मृत फेला परेका छन् ।

    बर्दियाको गेरुवा गाउँपालिका–३ शान्तिबजार बस्ने मिलन थारुकी डेढ वर्षकी कृष्टिना थारू राजापुर नगरपालिका–१ गोठारपुरस्थित झबही कुलोमा सोमबार मृत अवस्थामा फेला परेकी छन् ।

    घरमा खेलिरहेको अवस्थामा हराएकी उनको खोजी गर्ने क्रममा उक्त कुलोमा शव फेला परको हो ।

    नवलपरासी (पूर्व)को गैँडाकोट नगरपालिका–१३ हर्कपुर चोकस्थित सडकमा हाल पहिचान नखुलेकी करिब ४२ वर्षीया महिला सोमबार मृत फेला परेकी छिन् ।

    सबै घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

  • सम्बन्धित विषय:

  • # मृत फेला

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij