Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

विभिन्न स्थानमा ४ जना मृत फेला

विभिन्न स्थानमा ४ जना मृत फेला

  • 338
    SHARES
  • विभिन्न स्थानमा ४ जना मृत फेला

    काठमाडौं । उदयपुर, सुनसरी र मोरङमा चार जना व्यक्ति मृत अवस्थामा फेला परेका छन् । उदयपुरको कटारी नगरपालिका-५ तिनतले बस्ने ३४ वर्षीया मंगली सदा आइतबार सोही ठाउँस्थित खेतमा मृत फेला परेकी छन् ।

    प्रहरीका अनुसार धान रोप्न गएकी मंगली सबै साथीहरू खाजा खान गएपनि मेलो सकाई आउँछु भनि बसेकी थिइन् । खाजा खाएर साथीहरू फर्केर आउँदा उनी मृत फेला परेको बताइएको छ ।

    सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-१ शान्ति चोक बस्ने पपुलाल उराउको छोरा ५ वर्षीय आकाश उराउ घर नजिकैको बाहुनी खोलामा सोमबार मृत फेला परेका छन् ।

    आइतबार दिउँसोदेखि घरबाट हराएका उनको खोजी गर्ने क्रममा उक्त खोलामा डुबेर मृत्यु भएको अवस्थामा शव फेला परेको हो ।

    सुनसरीकै ईनरुवा नगरपालिका-२ रामजानकी टोल बस्ने ६५ वर्षीय गंगाराम मण्डल घर नजिकैको नहरमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

    आइतबार बेलुकीदेखि घरबाट हराएका उनको खोजी गर्ने क्रममा उक्त नहरमा डुबेर मृत्यु भएको अवस्थामा शव फेला परेको हो ।

    मोरङको रंगेली नगरपालिका-९ सखुवाथान बस्ने ४० वर्षीय हावा मरण्डी घरबाट ५ सय मिटर टाढा रहेको रंगेली कानेपोखरी सडक खण्डमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

    सबै घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

  • सम्बन्धित विषय:

  • # मृत फेला

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij