Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

प्रस्तावित नागरिकता विधेयक पारित भए ११ लाखले नागरिकता प्राप्त गर्ने

प्रस्तावित नागरिकता विधेयक पारित भए ११ लाखले नागरिकता प्राप्त गर्ने

  • 394
    SHARES
  • प्रस्तावित नागरिकता विधेयक पारित भए ११ लाखले नागरिकता प्राप्त गर्ने

    काठमाडौं । सरकारले प्रतिनिधिसभामा दर्ता गरेको नागरिकता ऐन संसोधन विधेयक जस्ताको तस्तै पारित हुँदा करिब ११ लाख नागरिकताविहीन नागरिकले नागरिकता पाउने दाबी गरिएको छ ।

    महिला कानुन विकास मन्च (एफडब्लूएलडी)ले गरेको अध्ययनले सो दाबी गरेको हो । एफडब्लूएलडीका कार्यकारी निर्देशक सविना श्रेष्ठका अनुसार एफडब्लूएलडीले आएको नागरिकता विधेयकका प्रावधान र नागरिकता विहीनहरूको समस्या केलाएर अध्ययन गर्दा करिब ११ लाख नागरिकता विहीनले नागरिकता प्राप्त गर्न सक्ने देखिएको हाे । 

    जन्मको आधारमा नागरिकता लिएकाको सन्तानहरूमध्ये पाँच लाख बढी नागरिकता लिन योग्य रहेको, तर कानुन अभावमा नागरिकता लिन नपाइरहेको तथ्यांक एफडब्लूएलडीको अध्ययनमा छ । आमाको नामबाट नागरिकता जारी हुँदा (बाबु पहिचान नभएको) नागरिकता लिन योग्य ६ लाख ८० हजारभन्दा बढी रहेको पनि एफडब्लूएलडीको तथ्यांक छ । 

    जस्ताको तस्तै पारित भए करिब ११ लाखले नागरिकता प्राप्त गर्न सक्ने एफडब्लूएलडीको अनुमान छ । ‘सरकारले फास्ट ट्र्याकमा नागरिकता विधेयक पारित गरे थप ११ लाख नागरिकले मताधिकार प्रयोग गर्न सक्छन्,’ एफडब्लूएलडीका कार्यकारी निर्देशक श्रेष्ठले भने ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij