वेबटिभी खबर
काठमाडौं । पछिल्लो २४ घण्टा अवधिमा ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज २ हजार १५४ जनाको परीक्षण गर्दा ९८ जनामा संक्रमण पुष्टि भएको हो ।
यो अवधिमा २७ जना संक्रमणमुक्त भएका छन् भने आज कोरोनाका कारण कसैको निधन नभएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल नेपालमा ५६८ सक्रिय संक्रमित रहेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij