Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

नागरिकतासम्बन्धी विधेयक फिर्ता लिइएकामा असन्तुष्टि

नागरिकतासम्बन्धी विधेयक फिर्ता लिइएकामा असन्तुष्टि

  • 345
    SHARES
  • नागरिकतासम्बन्धी विधेयक फिर्ता लिइएकामा असन्तुष्टि

    काठमाडौं । नागरिकतासम्बन्धी विधेयक फिर्ता लिन लागिएकामा सांसदहरूले असन्तुष्टि व्यक्त गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको कार्यसूचीमा उक्त विधेयक सरकारले फिर्ता लिने विषय समावेश छ ।

    बैठकको शून्य समयमा सांसद विमला विकले सरकारले के कारणले उक्त विधेयक फिर्ता लागेको भन्ने प्रश्न गर्दै असन्तुष्टि जनाइन् । सांसद भरतकुमार साहले सो विधेयक फिर्तापछि अर्को नयाँ विधेयक चाँडो ल्याएर पारित गराउन माग गरे ।

    शून्य समयमा सांसदहरूले बाढी पहिरो नियन्त्रण र राहत दिइनुपर्ने, विद्यालयका पाठ्यपुस्तक समयमा उपलब्ध हुनुपर्ने र किसानहरूले रासायनिक मल पाउनुपर्ने, कमलबजार विमानस्थल बन्नुपर्ने, हुम्लामा छिटो खाद्यान्न उपलब्ध हुनुपर्ने विषयमा ध्यानाकर्षण गराए ।

    उनीहरूले काठमाडौंको दक्षिणकाली क्षेत्रको सडक सुधार हुनुपर्ने, धरान धनकुटा सडक व्यवस्थित गर्नुपर्ने, विदेशी मुद्राको सञ्चिति वृद्धि गर्नुपर्ने, माथिल्लो अरूणको बाँध जाने बाटो सुधार हुनुपर्नेमा जोड दिए ।

    शून्य समयमा सांसदहरू भीमसेनदास प्रधान, मीना सुब्बा, मीन विश्वकर्मा, यज्ञबहादुर बोगटी, यशोदा गुरूङ सुवेदी, रङ्गमती शाही, राजेन्द्रकुमार केसी, राजेन्द्रकुमार राई, राजेन्द्रप्रसाद गौतम, रामबहादुर विष्ट, रेणुका गुरूङले धारणा राखेका थिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij