Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

शंकर पोखरेललाई पुनः मुख्यमन्त्री बनाउने एमाले संसदीय दलको निर्णय

शंकर पोखरेललाई पुनः मुख्यमन्त्री बनाउने एमाले संसदीय दलको निर्णय

  • 1.0K
    SHARES
  • शंकर पोखरेललाई पुनः मुख्यमन्त्री बनाउने एमाले संसदीय दलको निर्णय

    काठमाडौं । नेकपा एमालेको लुम्बिनी प्रदेश संसदीय दलको बैठकले शंकर पोखरेलको नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेको छ ।

    नेकपा एमालेका स्थायी समिति सदस्य तथा लुम्बिनी संसदीय दलका नेता पोखरेललाई पुनः मुख्यमन्त्री बनाउने संसदीय दलले निर्णय गरेको हो । 

    आइतबार बिहान बसेको संसदीय दलको बैठकले मुख्यमन्त्रीबाट आजै राजीनामा दिएका पोखरेलको नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय भएको हो ।पोखरेलले आजै मुख्यमन्त्रीको सपथ लिन सक्ने सम्भावना रहेको प्रदेशसभाका एक सदस्यले बताए ।

    संसदीय दलको बैठकमा एमालेको माधवकुमार नेपाल पक्षका सांसद विष्णु पन्थी र रमा घर्ती पनि सहभागी थिए । मुख्यमन्त्री शंकर पोखरेलले आइतबार प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवसमक्ष राजीनामा बुझाएका हुन् । 

    प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत भएको  जनाएको छ । पोखरेलविरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) ले अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।

    उनीविरुद्धको अविश्वासको प्रस्ताव आज प्रदेश सभामा पेश हुन लागेको छ । प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्न लागेको छ । उनले प्रदेश सभाको बैठक बस्नु अघि नै राजीनामा दिएका हुन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij