Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

चट्याङले विद्युत् गृहमा क्षति

चट्याङले विद्युत् गृहमा क्षति

  • 301
    SHARES
  • चट्याङले विद्युत् गृहमा क्षति

    म्याग्दी । पश्चिम म्याग्दीका मालिका गाउँपालिका-४ च्युरीबोट स्थित ३० किलोवाट क्षमताको विद्युत् गृहमा चट्याङले ठूलो क्षति पुर्‍याएको छ ।

    सोमबार राति परेको चट्याङले च्युरीबोटस्थित दाजुङखोला लघुजलविद्युत् गृहमा क्षति पुर्‍याएको लघु जलविद्युत् सहकारी संस्था लिमिटेडका अध्यक्ष नन्दबहादुर घर्तीमगरले जानकारी दिए ।

    चट्याङले ४ लाख ५५ हजार बराबरको क्षति भएको छ । जेनेरेटरमा क्षति भएपछि विद्युत् सेवा अवरूद्व भएको छ । ३० किलोवाट क्षमताको उक्त लघु जलविद्युत् परियोजना बन्द हुँदा च्युरीबोट, ओखरबोट, महभिर छाप, खतेनलगायत गाउँका ३७६ घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij