वेबटिभी खबर
काठमाडौं । जिल्ला उद्योग वाणिज्य संघ सिरहाको ३३ औं नगरसभाद्वारा आयोजित निर्वाचनबाट अध्यक्ष पदमा विकास शारडाको प्यानल विजयी भएको छ ।
निकटतम प्रतिस्पर्धी पशुति साहभन्दा २२६ मतबढी प्राप्त गर्दै सारडा प्यानलसहित विजयी भएका हुन् । सारडाले एक हजार ५२७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी साहले एक हजार ३०१ मत प्राप्त गरेको छ ।
निर्वाचन अधिकृत उद्धव हमालले मतगणना सकिसकेको र विकास सारडाको प्यानल विजयी भएपनि आधिकारीक घोषणा हुन बाँकी रहेको जनाए । संघको मतदान १७ असारमा भएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij