वेबटिभी खबर
काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरूले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल घाेषणा गरेका छन् ।
उनीहरू प्रस्तावित अन्तर्राष्ट्रिय निजगढ विमानस्थलको स्थलगत अध्ययनका लागि शनिबार निजगढ पुगेका हुन् । सोही क्रममा उनीहरूले निजगढ अन्तर्राष्ट्रिय विमानमास्थाल बनाउने घोषाणा गरेका हुन् ।
कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले कम्तिमा दुई लेनको मात्रै भएपनि विमानस्थल बनाउनुपर्ने बताए । यसमा अवरोध गर्नुकाे कुनै अर्थ नभएको उनले बताए ।
निजगढ पुग्नेमा नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्नी शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, अर्थमन्त्री जनार्दन शर्मा, खानेपानीमन्त्री उमाकान्त चौधरी, पर्यटनमन्त्री जीवनराम श्रेष्ठलगायत छन् ।
विमानस्थल निर्माणकाे सन्दर्भमा सत्तागठबन्धनका नेताहरू एकजुट देखिएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij