Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

भारतमा कोरोना सक्रिय संक्रमितको संख्या एक लाख नाघ्यो 

भारतमा कोरोना सक्रिय संक्रमितको संख्या एक लाख नाघ्यो 

  • 438
    SHARES
  • भारतमा कोरोना सक्रिय संक्रमितको संख्या एक लाख नाघ्यो 

    नयाँ दिल्ली । भारतमा पछिल्लाे २४ घण्टामा १८ हजार ८१९ जना कोरोना संक्रमणका नयाँ विरामी थपिएका छन् । 

    योसँगै भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या एक लाखभन्दा बढी पुगेको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार हाल एक लाख चार हजार ५५५ जना सक्रिय संक्रमित उपचाररत छन् ।

    यसैगरी यो अवधिमा १३ हजार ८२७ जना संक्रमित निको भएका छन भने संक्रमणकै कारण ३९ जनाको निधन भएको छ । केही दिनयता भारतमा कोरोना संक्रमित थपिने क्रम बढ्दो छ । 

    कोरोना संक्रमण बढेसँगै भारतमा खोप अभियानलाई पनि तीव्र वनाइएको छ । पछिल्लो २४ घण्टामा १४ लाख १७ हजार २१७ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको सरकारी तथ्यांकमा उल्लेख छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij