Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

यातायात अवरूद्ध हुँदा उपभोग्य वस्तु ढुवानी गर्न समस्या

यातायात अवरूद्ध हुँदा उपभोग्य वस्तु ढुवानी गर्न समस्या

  • 414
    SHARES
  • यातायात अवरूद्ध हुँदा उपभोग्य वस्तु ढुवानी गर्न समस्या

    भोजपुर । वर्षातका कारण भोजपुरका पाँच स्थानीय तहको यातायात सेवा अवरूद्ध भएको छ । वर्षाले ग्रामीण भेगका कच्ची सडक हिलाम्य भएका छन् । यातायात बन्द हुँदा स्थानीयलाई आवतजावतसँगै दैनिक उपभोग्य वस्तु ढुवानी गर्न समस्या भएको हाे ।

    दक्षिणी क्षेत्रमा पर्ने रामप्रसाद राई, हुतवागढी र आमचोक गाउँपालिका तथा उत्तरी क्षेत्रका षडानन्द नगरपालिका र साल्पासिछिलो गाउँपालिकाको यातायात सेवा बन्द छ । सडक हिलाम्य भएपछि आवतजावत बन्द भएको हो ।

    सडक हिलाम्य भएपछि कृषकले उत्पादन गरेका कृषिउपजसँगै दूध संकलनमा समस्या भएको छ । मर्मतमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने स्थानीयको माग छ । गणेशस्थान दुग्ध उद्योगका सञ्चालक रमेश कार्की दुग्धजन्य पदार्थ संकलनमा समस्या भएको बताए ।

    ‘कष्टपूर्ण यात्रा गरेर कृषिउपज बजारसम्म लैजानु पर्छ’, उनले भने । सडक अवरूद्ध भएपछि सुत्केरी र बिरामीलाई समस्या भएको छ । दैनिक उपभोग्य वस्तु ढुवानी गर्न कठिनाइ भएको टेम्केमैयुङ गाउँपालिका-५ मझौलेका सन्तोष विष्टले बताए ।

    सदरमुकामबाट खोटाङको पाँचधारे बजारसम्म सञ्चालन हुने सडक पनि बन्द छ । भोजपुर-लेगुवा ६६ किलोमिटर सडक र भोजपुर-चखेवा ४२ किलोमिटर सडक भने सञ्चालनमा छ। 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij