वेबटिभी खबर
एजेन्सी, नयाँ दिल्ली । भारतमा लगातार बढिरहेको कोरोना संक्रमितको नयाँ आँकडाले चिन्ताको स्थिति पैदा गरेको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार बुधबार १४ हजार ५०६ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ३० जनाले कोरोनाको कारण ज्यान गुमाएको तथ्यांक रहेको छ ।
भारतभर सक्रिय संक्रमितको संख्या एक लाख नजिक पुगेको छ । हाल भारतमा ९९ हजार ६०२ सक्रिय संक्रमित रहेका छन् । कोरोना महामारी सुरु भएयता भारतमा पाँच लाख २५ हजार ७७ ले ज्यान गुमाइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हाल नयाँ दिल्ली, महाराष्ट्र र केरलमा सबैभन्दा धेरै संक्रमित देखिएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij