Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

बाढीले डाइभर्सन बगाएपछि नारायणगढ–बुटवल सडकखण्ड अवरूद्ध

बाढीले डाइभर्सन बगाएपछि नारायणगढ–बुटवल सडकखण्ड अवरूद्ध

  • 465
    SHARES
  • बाढीले डाइभर्सन बगाएपछि नारायणगढ–बुटवल सडकखण्ड अवरूद्ध

    काठमाडौं । पूर्व-पश्चिम राजमार्गअन्तर्गत नारायणगढ-बुटवल खण्डमा पुल बनाउने क्रममा बनाइएको डाइभर्सन बाढीले बगाएपछि उक्त सडक खण्ड अवरूद्ध भएको छ ।

    अविरल वर्षाका कारण स्थानीय खहरेखोलामा अहिले ठूलो बाढी आएको छ ।

    नवलपुरको मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाको सीमाक्षेत्रमा पर्ने पुल निर्माणको क्रममा बनाइएका तीन वटा डाईभर्सन बाढीले बगाएको हो ।

    बिहान ६ बजेदेखि भएको सडक अवरुद्धका कारण पश्चिमतर्फ जाने र आउने सवारीसाधनहरु ठप्प छन् ।

    बाटो खुलाउनका लागि केही  समय लाग्ने जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक जयराम पन्तले जानकारी दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij