Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

टेक्सास : एक लरी भित्र ४२ जना मृत फेला

टेक्सास : एक लरी भित्र ४२ जना मृत फेला

  • 437
    SHARES
  • टेक्सास : एक लरी भित्र ४२ जना मृत फेला

    तस्बिर : रोयटर्स

    एजेन्सी । अमेरिकाको टेक्सासस्थित सान एन्टोनियोको बाहिरी इलाकामा कम्तीमा ४२ जना आप्रवासीहरू मृत फेला परेका छन् ।

    केएसएट टेलिभिजन च्यानलका अनुसार सान एन्टोनियोको दक्षिणपश्चिमी भागमा रेल ट्र्याकको छेउमा फेला परेको लरीमा ती शवहरू भेटिएका हुन् ।

    एक स्थानीय समाचार आउटलेटका अनुसार विभिन्न अवस्थामा रहेका कम्तिमा १६ जनालाई अस्पताल लगिएको छ।

    सामाजिक सञ्जालमा पोस्ट गरिएका तस्बिरहरूमा ठूलो ट्रकको वरिपरि उद्धारमा खटिएका मानिसहरूको उल्लेखनीय संख्या देखिएका छन् ।

    न्यूयोर्क टाइम्सका अनुसार सान एन्टोनियो प्रहरी विभागका अधिकारीहरूले घटनास्थलबाट हराएका गाडीका चालकलाई खोजिरहेका छन् । 

    मानिसहरू कसरी मरे भन्ने विषयमा स्थानीय प्रहरीले सार्वजनिक रूपमा केही टिप्पणी सार्वजनिक गरेको छैन । शव भेटिएको इलाका अमेरिकन-मेक्सिकन सीमाबाट लगभग २५० किलोमिटरको दूरीमा रहेको छ । 

    मेक्सिकोका विदेशमन्त्रीले आफ्ना एक सरकारी कर्मचारी घटनास्थल तर्फ जाँदै गरेको तर हालसम्म मृत्यु भएकाहरूको कुन देशका हुन भनेर थाहा भने भई नसकेको जनाएका छन्।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij