Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • 433
    SHARES
  • मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौं । काठमाडौं उपत्यकासहित हाल देशका प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको छ।

    प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ भने पश्चिमी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

    शुक्रबार दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ र बाग्मती प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    आगामी २४ घण्टा प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकाले दैनिक जनजीवन, यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने चेतावनी महाशाखाले दिएको छ ।
     

     
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij