Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

भूकम्पको बेला अमेरिकालाई पत्र लेखिएको हो, सैन्य अलायन्सका लागि होइन : प्रधानसेनापति

भूकम्पको बेला अमेरिकालाई पत्र लेखिएको हो, सैन्य अलायन्सका लागि होइन : प्रधानसेनापति

  • 472
    SHARES
  • भूकम्पको बेला अमेरिकालाई पत्र लेखिएको हो, सैन्य अलायन्सका लागि होइन : प्रधानसेनापति

    काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले भूकम्पको अप्ठ्यारो स्थिती सामान गर्नका लागि अमेरिकासँग मानवीय सहयोगका लागि पत्र लेखेको बताएका छन् ।

    अमेरिकन योजना स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) का लागि पत्र लेखेको स्विकार गर्दै प्रधानसेनापति शर्माले सो पत्रमा सैन्य अलायन्स नलेखिएको पनि जनाएका छन् । संघीय संसदको अन्तर्राष्ट्रिय सबन्ध समितिमा बोल्दै प्रधानसेनापति शर्माले सार्वजनिक भएको १० बुदेँ फरम्याट आधिकारिक नभएको पनि जनाएका छन् ।

    ‘अहिले जुन पत्र बाहिर आएको छ, त्यो सत्य हो, चिठी लेखिएको साँचो हो तर चिठी लेख्दैमा सैन्य अलाएन्स लेखिएको छैन, म सैन्य अलायन्स हुने भन्ने कुराको बिरोध गर्न चाहन्छु,’ प्रधानसेनापति शर्माले भने, ‘यो चिठी किन लेखियो भने त्यो बेला भूकम्प गए पछिको अवस्था थियो, भूकम्पमा काम गर्न अमेरिकाले मानवीय सहायता दिने भनेर लेखिएको हो, सैनिक गठबन्धन गर्ने होइन ।’ ०७२ सालको भूकम्पको मानवीय क्षतिपछि सहयोगका लागि सो पत्र अमेरिकन सरकारलाई पठाए पनि सैन्य अलायन्सका लागि नभएको प्रधानसेनापति शर्माले बैठकमा जानकारी दिएका हुन् ।

    ‘नेपाल सरकार र रक्षा मन्त्रालयको स्वीकृतिमा चिठी पठाएको हो तर भूकम्पमा मानवीय सहयाताबाहेक अरु उद्धेश्य थिएन, हैन’ समिति बैठकमा भने । 

    तर, हालै सार्वजनिक भएको १० बुँदे फरम्याटका बारेमा भने नेपाली सेनालाई कुनै जानकारी नभएको उनको भनाई छ । ‘अहिले १० बुँदे आएको फरम्याट जो बाहिर आएको छ, त्यो भने नेपाली सेनालाई आएको होइन’ शर्माले समिति बैठकमा भने । बैठक जारी छ ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij