Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

तीन दिनको मौसम पूर्वानुमान, कहाँ-कहाँ हुँदैछ भारी वर्षा ?

तीन दिनको मौसम पूर्वानुमान, कहाँ-कहाँ हुँदैछ भारी वर्षा ?

  • 370
    SHARES
  • तीन दिनको मौसम पूर्वानुमान, कहाँ-कहाँ हुँदैछ भारी वर्षा ?

    काठमाडौं । नेपालमा मनसुनी वायुको सामान्य प्रभाव, स्थानीय वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ ।

    सोही प्रभावका कारण प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेशका थोरै स्थानहरूमा मेघसहित हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

    आज बुधबार प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानहरुमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । यो सम्भावना राति पनि रहने महाशाखाले जनाएको छ ।

    बिहीबार प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली  रहि बाँकी भू-भागहरुमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।

    शुक्रबार प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।


     

     
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij