Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

बालेन र झाँक्रीको प्रसंशा गर्दै फोहोर व्यवस्थापनका लागि गगन थापाले दिए ६ सुझाव

बालेन र झाँक्रीको प्रसंशा गर्दै फोहोर व्यवस्थापनका लागि गगन थापाले दिए ६ सुझाव

  • 508
    SHARES
  • बालेन र झाँक्रीको प्रसंशा गर्दै फोहोर व्यवस्थापनका लागि गगन थापाले दिए ६ सुझाव

    काठमाडौं । काठमाडौं महानगरको फोहोर उठ्न थालेपछि नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मेयर बालेन्द्र शाह र शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको प्रशंसा गरेका छन् । अब फेरी फोहोरको यस्तै सङ्कट आउन नदिन केहि काम तत्काल र तदारुकताका साथ गर्नुपर्ने भन्दै उनले सुझाएका छन् । 

    उनले भनेका छन्, ‘काठमाडौंबाट फोहोर उठ्न थालेको छ । यसका निम्ति काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह र शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको निरन्तरको पहलकदमी प्रंशसनीय छ । अब फेरी फोहोरको यस्तै सङ्कट आउन नदिन केही काम तत्काल र तदारुकताका साथ गर्नुपर्ने छ।’

    फोहोर उठ्न थालेकोमा खुशी व्यक्त गर्दै महामन्त्री थापाले फोहोर संकट फेरि आउन नदिन छ वटा काम तत्कालै गर्नुपर्ने बताएका छन्।

    यस्तो छ उनले दिएको सुझाव
    १. शहरी विकास मन्त्रालयले बोलाएको छलफलमा सहभागी सिसडोल-बन्चरेडाडा क्षेत्रका बासिन्दाहरूले भन्दै हुनुन्थ्यो, मन्त्रालयले गरेको पछिल्लो सम्झौता १७५औं सम्झौता हो। हरेक पटक सङ्कट परेपछि यस्तो सम्झौता हुन्छ तर कार्यान्वयन हुँदैन। त्यसैले सम्झौता कार्यान्वयन नहुनेमा गहिरो आशंका व्याप्त छ । यो स्वभाविक संशयलाई यो पटक सम्झौता अक्षरस र भनेकै समय सिमा भित्र कार्यान्वयन गरेर चिर्नुपर्ने छ । 

    २. यसको लागि संघीय सरकारले गर्ने भनि निर्दिष्ट गरिएको काम यस पटक एक ठाँउमा पनि नचुकी भनिएकै समय भित्र गर्न शहरी विकास मन्त्रालय को निरन्तर  तदारुकता जरुरी छ । सम्झौतामा लेखिएका केहि काम शहरी विकास मन्त्रालय भन्दा अन्य मन्त्रालयको क्षेत्राधिकार भित्र पर्छ । ती मन्त्रालयले समयमा काम सम्पन्न गराउन कतिपय अवस्थामा प्रधानमन्त्री कार्यालयकै पहलकदमी चाहिन्छ। खासमा जग्गा अधिग्रहणको विषय यही आर्थिक वर्षमा टुङ्गाउन पर्छ । कानुन बमोजिम तोकिएपछि मानसिव क्षतिपूर्ति दिन, यही आर्थिक वर्षको बजेटमा पुग्दो रकम बिनियोजनको व्यवस्था प्रधानमन्त्रीले गर्न लगाउनै पर्छ । 

    ३. संघीय सरकारको निश्चित समयभित्र गर्ने भनिएको कामको अनुगमन गर्न र आवश्यक पर्दा सहजिकरण समेत गर्न काठमाडौं,धादिङ र नुवाकोटका सांसदहरूको अनुगमन, सहजिकरण समिति प्रस्तावित गरेका छौं। यो समितिले हरेक हप्ता बैठक बसी सहमतिमा भएको प्रत्येक बुँदाको कार्यन्वयन भए नभएको अनुगमन गर्ने छौँ, कहिँ अफ्ट्यारो परेमा सहजीकरण गर्ने छौँ, काम नगर्ने निकायलाई झक्झकाएर काम गर्न बाध्य बनाउने छौँ। समस्या आएपछि तात्नेभन्दा समस्या नै आउन नदिने गरी काम गर्नु पर्ने छ । 

    ४. काठमाडौं महानगरपालिकाले फोहोर प्रभावित क्षेत्रको लागि गर्ने भनि निर्दिष्ट गरिएको काम समयभित्र सम्पन्न गर्ने नै छ। कतिपय विषय महानगरपालिकाको एकल क्षेत्राधिकार भन्दा बाहिरको विषय भएकाले अन्य सम्बन्धित निकायले कामनपालाई सम्पूर्ण साथ दिनुपर्छ। 

    ५. फोहोर पठाउने अन्य सम्पूर्ण स्थानीय तहले पनि  कामनपासँग निरन्तर समन्वय गरेर काम गर्न आवश्यक छ।

    ६. कामनपाले श्रावण १ गतेबाट स्रोतमै छुट्याइएको फोहोर मात्र संकलन गर्ने भनेको छ । सम्पूर्ण महानगरबासीहरूले साथ दिएर यो अभियानलाई सार्थक बनाउनु पर्छ। कामनपाका सबै वडाहरूले किन्तुपरन्तु केही नभनी यो अभियानलाई सफल बनाउन असार महिना भरी आफ्नो बडाभित्र  नगरवासीलाई सु-सुचित गर्ने लगायत को सम्पूर्ण तयारी गर्नुपर्छ। 

    यसरी हामी प्रत्येकले आजैबाट, अहिल्यैबाट आ-आफ्नो जिम्मामा परेका काम गर्दै गयौं भने फेरी १७६औं पटक सम्झौता गर्नुपर्ने अवस्था आउँदैन । काठमाडौं फोहोरको संकटबाट मुक्त हुन्छ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij