Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

सरकारले व्यवसायीलाई समस्यामा पार्दैन : अर्थमन्त्री

सरकारले व्यवसायीलाई समस्यामा पार्दैन : अर्थमन्त्री

  • 507
    SHARES
  • सरकारले व्यवसायीलाई समस्यामा पार्दैन : अर्थमन्त्री

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा र  उद्योगी, व्यवसायीबीच आगामी आर्थिक वर्षको बजेटले पारेको प्रभावका बारेमा छलफल भएको छ ।

    सिंहदरबारस्थित अर्थ मन्त्रालयमा शुक्रबार भएको भेटमा उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघको प्रदेश नम्बर १ का प्रतिनिधिले आर्थिक वर्ष २०७९/०८० को बजेटले वायर, घिउतेल र स्यानीटरी उद्योगमा पारेको प्रभावका बारेमा अर्थमन्त्री शर्मा समक्ष गुनासो रोखका थिए ।

    त्यसक्रममा अर्थमन्त्री शर्माले बजेटले स्वदेशी उद्योगलाई उच्च प्राथमिकता दिएर मुलुक भित्रै औद्योगिकीकरण बिस्तार गरि आर्थिक गतिविधि अघि बढाउन खोजिएको बताएका हुन् ।

    उनले भने, ‘बजेटमार्फत हाम्रो उद्देश्य व्यवसायीलाई कतै पनि अप्ठ्यारो पार्न खोजिएको होइन । हाम्रो नीति त्यस्तो पनि छैन । सबैसँग छलफल गरेर बजेट ल्याएकाले सबै पक्षलाई समेट्ने प्रयास भएको छ ।’

    महिलालाई राहत हुने  गरि स्यानिटरी प्याड आयातमा ठूलो भन्सार छुट उपलब्ध गराएको र यस्तो छुटले स्वदेशी उद्योगलाई केही समस्या भएको भए समाधान निकाल्न तयार रहेको अर्थमन्त्रीले जानकारी गराए ।

    कच्चा तेल आयात गरि स्वदेशमा उद्योग चलाउने र रोजगारी सृजना गर्नेलाई बजेटले सम्बोधन गरेको उनले बताए । बजेटमार्फत स्वदेशी उद्योगलाई संरक्षण गरेर लैजाने नीति लिएको उनले प्रष्ट पारे । 

    उनले भने, ‘बजेट व्यवसायीका लागि हो । देशका लागि हो । हामीले स्वदेशी उद्योगलाई राम्रो गर्ने भनेर बजेटमा विभिन्न व्यवस्था गरेका हौँ ।’

    छलफलमा उद्योग संगठन मोरङका अध्यक्ष नविन रिजालले वायर, घिउतेल तथा स्यानीटरी उद्योगमा बजेटले पारेको प्रभावका बिषयमा छोटो प्रस्तुति दिएका थिए । उनले सरकारी नीति आउँदा आत्मसाथ गर्ने वातावरण बनाइदिन आग्रह गरेका थिए ।

    व्यवसायीसँगको छलफलपछि अर्थमन्त्रीले समस्या भएका केही क्षेत्र र विषयका बारेमा सम्बोधन गर्न तयार रहेको बताएको मन्त्री शर्माको सचिवालयले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij