वेबटिभी खबर
काठमाडौं । पहिरो झर्ने क्रम नरोकिँदा पृथ्वीराजमार्ग अन्तर्गतकाे चितवन सडकखण्ड खुलाउन समस्या भइरहेको छ । चितवनको ईच्छाकामना गाँउपालिका-५ नाग्दी खोला नजिक २ स्थानमा पहिरो झरेका कारण अवरूद्ध भएको सडक खुलाउने प्रयास भइरहेको छ ।
दुईवटा जेसीबी प्रयोग गरेर पहिरो हटाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरोको कारण सवारी साधनहरू नारायणगढ, आँबुखैरेनी, मौवाखोला, गजुरी आसपासको क्षेत्रमै रोकिएका छन् ।
पहिरो झर्ने क्रम नरोकिएका कारण सडक खुलाउन समस्या परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सडक हिजोराति ११ बजेदेखि अवरूद्ध रहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij