Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

७० वर्ष नाघेकाले चुनावमा उठ्न नपाउने कानुन बनाऔँ : योगेश भट्टराई

७० वर्ष नाघेकाले चुनावमा उठ्न नपाउने कानुन बनाऔँ : योगेश भट्टराई

  • 493
    SHARES
  • ७० वर्ष नाघेकाले चुनावमा उठ्न नपाउने कानुन बनाऔँ : योगेश भट्टराई

    काठमाडौं । एमाले सचिव योगेश भट्टराईले ७० वर्ष नाघेकालाई राज्यको कुनै पनि निकायमा चुनावमा प्रतिस्पर्धा गर्न नपाउने गरि संविधान संशोधन गर्नुपर्ने बताए छन् ।

    प्रतिनिधिसभाको बुधबारको बैठकमा विनियोजनक विधेयकमाथिको छलफलमा भाग लिँदै उनले अन्य क्षेत्रमा जस्तै राजनीतिमा पनि अवकाशका लागि उमेरहदको व्यवस्था गर्नुपर्ने बताएका हुन् ।

    उनले भने, ‘संविधान अब केही विषयमा संशोधन गर्नुपर्ने हुन्छ । ६५ अथवा ५८ वर्षमा अवकाशका प्रणाली राखेको छौँ । तर राजनीतिक क्षेत्रमा यो अनियन्त्रित छ । अब ७० वर्ष नाघेका मानिसहरू कुनै पनि राज्यका निकायमा चुनावमा उठ्न नपाउने व्यवस्था किन नगर्ने ? हामीलाई र्‍यालसिंगान काढ्ने, कुर्सीमा बस्ने प्रधानमन्त्री चाहिएको होइन । काम गर्ने चाहिएको हो ।’
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij