वेबटिभी खबर
नेपालगञ्ज । भारतबाट फर्केका तीन नेपाली नागरिकमा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
भारतको रूपैडिहा हुँदै नेपालगञ्ज आएका उनीहरूको परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजजंग शाहले जानकारी दिए ।
‘केही दिनयता जमुनाहा नाका हुँदै भारतका विभिन्न स्थानबाट आउने नेपालीमा कोभिड संक्रमण पुष्टि भइरहेको छ’, उनले भने । प्रमुख शाहका अनुसार आज दैलेख, प्यूठान र जाजरकोटका एक÷एक गरी तीनमा कोरोना संक्रमण पुष्टि भएको हो ।
उनले करिब दुई सातामा आठ जनामा कोरोना संक्रमण भएको उल्लेख गर्दै जमुनाह नाकामा दैनिक ५० जनाको स्वास्थ्य परीक्षण भइरहेको बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij