वेबटिभी खबर
पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिकाले फरक क्षमता (अपाङ्गता) भएका सबै व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने भएको छ ।
सरकारले यसअघि रातो र नीलो कार्ड भएकालाई मात्रै भत्ता उपलब्ध गराएकोमा पालिकाले भने पहेंलो र सेतो कार्ड प्राप्त गरेका सबै अपाङ्गता भएका व्यक्तिलाई भत्ता दिने निर्णय गरेको हो ।
पहेंलो कार्ड भएकालाई मासिक ५०० र र सेतो कार्ड भएकालाई मासिक ३०० का दरले अपाङ्गता भत्ता उपलब्ध गराउने पालिकाले निर्णय गरेको छ । यस निर्णयप्रति यहाँका स्थानीय खुसी भएका छन् ।
महिला स्वास्थ्य स्वयंसेविकालाई मासिक १ हजार रकम प्रोत्साहन दिने निर्णय भएको छ । सो कार्यक्रम आगामी साउन १ गतेबाट लागू हुने गाउँपालिका अध्यक्ष सरस्वती चिदीले बताइन् ।
हिंसा पीडित महिलाका लागि लक्षित गरी परामर्श केन्द्र सञ्चालन गर्ने पालिकाले जनाएको छ । गाउँपालिकाअन्तर्गत रहेका लिफ्टिङ खानेपानी योजनामा ६० प्रतिशत विद्युत् शुल्क पालिकाले बेहोर्ने निर्णयसमेत भएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij