Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

राउटे समुदायलाई सामाजिक सुरक्षा भत्ता वितरण

राउटे समुदायलाई सामाजिक सुरक्षा भत्ता वितरण

  • 473
    SHARES
  • राउटे समुदायलाई सामाजिक सुरक्षा भत्ता वितरण

    जाजरकोट । जाजरकोटको छेडागाड नगरपालिका-५ बाँका थलहमा बस्दै आएका राउटेलाई गुराँस गाउँपालिका-८ ले सामाजिक सुरक्षा भत्ता प्रदान गरेको छ ।

    वडा कार्यालयले तीन महिनाको सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको नवनिर्वाचित वडाध्यक्ष दीपेन्द्र ओलीले जानकारी दिए । फिरन्ते जीवन बिताइरहेका राउटे समुदायलाई पाँच वर्ष अघि गुराँस गाउँपालिका-८ ले परिचयपत्र वितरण गरेको थियो ।

    बसाइ सर्ने क्रममा राउटे परिवार जाजरकोटको छेडागाड नगरपालिका-५ बाँका थलह पुगेका हुन् । चालिस परिवारका १ सय ४४ जनालाई माघ, फागुन र चैत महिनाको प्रतिव्यक्ति ४ हजारका दरले सुरक्षा भत्ता वितरण गरिएको वडाध्यक्ष  ओलीले बताए ।

    कर्णाली प्रदेशको दैलेख, सुर्खेत, सल्यान र जाजरकोट आसपासका क्षेत्रमा राउटे समुदायको बसोबास रहेको छ । अधिकांश दैलेखमा बस्दै आएका छन् ।

    उनीहरूलाई संघीय सरकारले २०७४ असारदेखि गुराँस गाउँपालिका ८ वडा कार्यालयमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij