Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

तारा एयर दुर्घटना : स्थानीयको टोली घटनास्थलमा 

तारा एयर दुर्घटना : स्थानीयको टोली घटनास्थलमा 

  • 489
    SHARES
  • तारा एयर दुर्घटना : स्थानीयको टोली घटनास्थलमा 

    पोखरा । आइतबार बिहानदेखि हराएको तारा एयरको जहाज मुस्ताङको कोवाङस्थित सानुसरे भीरमा फेला परेको छ । मौसमका कारण त्यहाँ अझै सुरक्षा निकाय पुग्न सकेको छैन । स्थानीय इन्द्रसिंङ शेरचन लगायतको टोली घटनास्थलमा पुगेको छ ।

    उनका अनुसार जहाज क्षतविक्षत अवस्थामा छ भने शवहरू चिनिने अवस्थामा छैनन् । ‘कोही पनि चिनिने अवस्थामा छैनन् । कसैको केही छैन, कसैको टाउको नै छैन,’ उनले भने, ‘यहाँको अवस्था भयावह छ । म हेरेर बसिरहेको छु ।’

    उनी राती नै त्यसतर्फ गएका हुन् । जहाजमा २२ जना सवार थिए । कसैको पनि पहिचान खुल्ने अवस्था नरहेको उनले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # तारा एयर

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij