Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

सेनाको हेलिकोप्टरमा इन्धन सकिएपछि उद्धार कार्य प्रभावित 

सेनाको हेलिकोप्टरमा इन्धन सकिएपछि उद्धार कार्य प्रभावित 

  • 438
    SHARES
  • सेनाको हेलिकोप्टरमा इन्धन सकिएपछि उद्धार कार्य प्रभावित 

    काठमाडौं । तारा एयरको दुर्घटनाग्रस्त विमान फेला परेपनि उद्धार कार्य हुन सकिरहेको छैन । उद्धारका लागि तैनाथ गरिएको नेपाली सेनाको हेलिकोप्टर इन्धन सकिएपछि जोमसोम विमानस्थलमै छ । 

    कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद रिजालले भर्खरै इन्धन जोमसोम पठाइएको बताए । 

    ‘सेनाको हेलिकोप्टर उद्धारका लागि हिजै जोमसोम गएको हो । तर, इन्धन सकिएको छ । हामीले भर्खरै पठाएका छौँ । इन्धन पुगेपछि सेनाको टोलीले हेलिकोप्टरमार्फत उद्धार थाल्ने छ ।’ उनले दुर्घटनास्थलमा मौसम सफा पनि नभएको जानकारी दिए ।

    आज बिहान तारा एयरको विमान मुस्ताङको थासाङ गाउँपालिका–२ को शनिश्चरेमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो । दुर्घटनाग्रस्तस्थल १३ हजार फिट उचाइमा पर्दछ । 

     

  • सम्बन्धित विषय:

  • # तारा एयर

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij