Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

हराइरहेको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटियो

हराइरहेको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटियो

  • 434
    SHARES
  • हराइरहेको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटियो

    काठमाडौं । बेपत्ता तारा एयरको विमान दुर्घटना भएको स्थल फेला परेको छ । नेपाली सेनाका प्रवक्ता नारायणप्रसाद सिलवालले मुस्ताङको थासाङ २ मा विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी दिए ।

    ‘भीरमा दुर्घटनाग्रस्त भएको फेला परेको छ’, उनले  भने । हिजो पोखरादेखि जोमसोमका लागि उक्त विमान उडेको थियो ।  

    आइतबार बिहानदेखि सम्पर्कविहीन भएको तारा एयरको टुइनअटर खोज्‍न सोमबार बिहानदेखि नेपाली सेना र प्रहरीको टोली परिचालित भएका थिए ।

    २२ जना यात्रु  सवार कल साइन ‘९ एन–एइटी’ को विमान आइतबार बिहान १०:७ बजेदेखि सम्पर्कविहीन बनेको थियो ।
     

  • सम्बन्धित विषय:

  • # तारा एयर

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij