Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

तारा एयरको विमान खोजीमा बिहानैदेखि सेना र प्रहरी परिचालन

तारा एयरको विमान खोजीमा बिहानैदेखि सेना र प्रहरी परिचालन

  • 436
    SHARES
  • तारा एयरको विमान खोजीमा बिहानैदेखि सेना र प्रहरी परिचालन

    काठमाडौं । उडानको क्रममा आइतबार सम्पर्कविहीन भएको तारा एयरको विमान खोज्न नेपाली सेना र नेपाल प्रहरी बिहानै खटिएको छ ।

    मुस्ताङ सदरमुकाम जोमसोमका लागि आइतबार पोखराबाट उडेको विमान सम्पर्कविहीन भएको थियो । तर, नेपाली सेना र प्रहरीसहितको उद्धार टोलीले सम्भावित केही क्षेत्रमा खोजी गरेपनि भेट्टाउन सकेको थिएन । सोमबार बिहानैबाट खोजीलाई निरन्तरता दिइएको छ । 

    २२ जना यात्रु  सवार कल साइन ‘९ एन–एइटी’ को विमान आइतबार बिहान १०:७ बजेदेखि सम्पर्कविहीन बनेको थियो । विमान जोमसोमका लागि उडेपनि सम्पर्कमा नआउँदा दुर्घटनामा परेको आशंका गरिएको छ । म्याग्दीस्थित मानापाथी हिमालको फेदीतिर दुर्घटना भएको आशंका गरिएको छ । 

  • सम्बन्धित विषय:

  • # तारा एयर

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij