वेबटिभी खबर
काठमाडौं । लमजुङ मध्यनेपाल नगरपालिका वडानम्बर १० का नवनिर्वाचित वडा अध्यक्ष रामचन्द्र भण्डारीले घरमै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने प्रतिबद्धता जनाएका छन् ।
दोश्रो पटक वडा अध्यक्षमा निर्वाचित भण्डारीले पदभार ग्रहण गरेसँगै आगामी आर्थिक वर्षदेखि सामाजिक सुरक्षा भत्ता घरमै पुराउने प्रतिबद्धता जनाएका हुन् ।
वडा अध्यक्ष भण्डारीले एक विज्ञप्ति जारी गर्दै सरकारले जेष्ठ नागरिक, एकल महिला एवम् अपांगता भएका व्यक्तिलाई उपलब्ध गराउदै आएको सामाजिक सुरक्षा भत्ता वितरणका लागि नगरपालिकासँग समन्वय गर्ने उल्लेख गरेका छन् ।
सामाजिक सुरक्षा भत्ता बैंकमार्फत वितरण हुँदै आएकोमा नगरपालिका र सम्वन्धित बैकसँग समन्वय गरि गाउँमै शिविर आयोजना गर्ने र अशक्त, जेष्ठ नागरिकलाई घरमै पुराउने व्यवस्था गर्ने उनले बताए ।
सामाजिक सुरक्षा भत्ता वितरणबाहेक वडा अध्यक्ष भण्डारीले अबको कार्यकालमा स्थानीयबासीको चाहाना र आवश्यकताबमोजिम राजनैतिक, सामाजिक र आर्थिक उपलव्धीलाई संस्थागन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij