Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

आयल निगम डिपोमा लागेकाे आगो नियन्त्रणमा

आयल निगम डिपोमा लागेकाे आगो नियन्त्रणमा

  • 351
    SHARES
  • आयल निगम डिपोमा लागेकाे आगो नियन्त्रणमा

    काठमाडौं । नेपाल आयल निगमको भलवाडीस्थित डिपोमा आज लागेको आगो नियन्त्रणमा आएको छ ।

    बिहान११ः४० बजे तेल खनाउने क्रममा लु२ख २६५६ र लु२ख ५६८५ नम्बरको ट्यांकरमा लागलागी भएको थियो ।

    आगलागीबाट लु२ख २६५६ नम्बरको ट्यांकर पूर्णरूपमा क्षति भएको र अर्कोमा आंशिक क्षति पुगेको रुपन्देही जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

    आगलागीबाट ट्यांकरका दुई जना सामान्य घाइते भएको उपरीक्षक रेग्मीले बताए । घाइतेमध्येका एक तिलोत्तमा नगरपालिका-९ का १८ वर्षीय विजेश चौधरीको हात र खुट्टा जलेको र उनको मणिग्रामस्थित क्रिमशन अस्पतालमा उपचार भइरहेको छ ।

    सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका र भलवारी आयल निगमको दमकलले आगो नियन्त्रणमा लिएका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij