वेबटिभी खबर
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)को जीत पक्का भएको छ । १९ हजार ३२३ मत गन्न बाँकी नै रहँदा बालेनको जीत पक्का भएको हो ।
५५ हजार ७४७ मत ल्याएका बालेन निकटतम प्रतिद्वन्द्वी सिर्जना सिंहभन्दा २० हजार ३७६ र तेस्रो स्थानका केशव स्थापितभन्दा २१ हजार १२१ मतले अगाडि छन् ।
कांग्रेसकी सिर्जनाले ३५ हजार ३७१ मत ल्याउँदा एमाले उम्मेदवार केशव स्थापितले ३४ हजार ६२६ मत ल्याएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij