वेबटिभी खबर
काठमाडौं । काठमाडौं महानगरपालिका मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले आफ्ना प्रतिस्पर्धीहरूसँगको मतान्तरलाई निरन्तर बढाईरहेका छन् । १ लाख १३ हजार मतगणना गर्दा साहले ४० हजार ४२७ मत प्राप्त गरेका छन् ।
उनलाई नेपाली कांग्रेसबाट मेयरमा उम्मेदवारी दिएकी सिर्जना सिंहले पछ्याईरहेकी छिन् । सिंहले २३ हजार १९३ मत ल्याएर साहलाई पछ्याईरहेकी छिन् । सिंह र साहबीचको मतान्तर १७ हजार २३४ रहेको छ ।
त्यस्तै शनिबार दिउँसोसम्म बालेन साहलाई पछ्याई रहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापित आज भने सिर्जना सिंहलाई पछ्याईरहेका छन् ।
शनिबार बेलुकादेखि सिंहले अग्रता लिएपछि स्थापित तेस्रो स्थानमा झरेका हुन् । स्थापितले २२ हजार ४१५ मत प्राप्त गरि सिंह र साहलाई पछ्याईरहेका छन् । यसपटको स्थानीय निर्वाचमा काठमाडौं महानगरपालिकामा १ लाख ९१ हजार १८६ मत खसेको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij