Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

आमाका किरिया बसेका तीन दाजुभाइले गरे मतदान

आमाका किरिया बसेका तीन दाजुभाइले गरे मतदान

  • 484
    SHARES
  • आमाका किरिया बसेका तीन दाजुभाइले गरे मतदान

    मुगु । मुगुको खत्याड गाउँपालिका–८ सुकाढिक गाउँका तीन दाजुभाइले आमाको किरिया बसेका बेला मतदान गरेका छन् । आमाको मृत्यु भाएको ७ दिन पुगेका उनीहरू १ घन्टा उकालो बाटो हिँडेर मतदान गरेका हुन् । 

    उनीहरूले खत्याड गाउँपालिका–८ आम गाउँमा रहेको श्री सरस्वती आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका छन् ।

    किरिया बस्ने दाजुभाइमा सुकाढीक गाउँका ५६ वर्षीया कविराज कार्की, माइला भाइ वीरबहादुर कार्की र जयसुर कार्की रहेका छन् । करिब साढे ८ बजेतिर उनीहरूले मतदान गरेका हुन् । 

    जेठा दाइ कविराज कार्की नेपाल टेलिभिजन मुगुका जिल्ला संवाददाता हुन् । पाँच वर्षमा एकपटक आउने स्थानीय तहका जनप्रतिनिधि छनोट गर्न राम्रा मान्छेलाई चुन्नु पर्ने भएकोले आफ्नो अमूल्य मतदान गर्न आएको कविराजले बताए । 

    kiriya baseka dajubhai.jpg
    undefined

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij