Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

रियल मड्रिड रियल बेटिससँग गोलरहित बराबरीमा

रियल मड्रिड रियल बेटिससँग गोलरहित बराबरीमा

  • 891
    SHARES
  • रियल मड्रिड रियल बेटिससँग गोलरहित बराबरीमा

    काठमाडौं । स्पेनिस ला लिगा फुटबलअन्तर्गत शनिबार राति भएको खेलमा रियल मड्रिड रियल बेटिससँग गोलरहित बराबरीमा रोकिएको छ ।

    घरेलु मैदानमै रियल मड्रिड गोल बिहीन बनेको हो । बराबरीपछि दोस्रो स्थानको रियल मड्रिडको ३३ खेलबाट ७१ अंक भएको छ ।

    एक खेल कम खेलेको शीर्ष स्थानको एथ्लेटिको मड्रिडको ७३ तथा दुई खेल कम खेलेको तेस्रो स्थानको बार्सिलोनाको ६८ अंक छ ।

    ला लिगा अन्तर्गत शनिबार राति भएका अरु खेलमा एल्चीले लेभान्टेलाई १-० ले पराजित गर्दा रियल भालाडोलिड र काडिज तथा भ्यालेन्सिया र एलाभेसले समान १-१ को बराबरी खेलेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij