Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

२८ वर्षपछि  मासपुरवासीले पाए लालपूर्जा

२८ वर्षपछि  मासपुरवासीले पाए लालपूर्जा

  • 721
    SHARES
  • २८ वर्षपछि  मासपुरवासीले पाए लालपूर्जा

    हुम्ला । हुम्लाको दुर्गम वस्तीका रूपमा चिनिने ताजाकोट गाउँपालिका–३ मासपुर गाउँका स्थानीयवासीले २८ वर्षपछि लालपूर्जा पाएका छन् । २०५० फागुन १९मा मासपुरको मालपोत कार्यालयमा दर्ता भएका २४ घरधुरीले २८ वर्षपछि लालपूर्जा पाएका हुन् ।

    पञ्चायत कालदेखि साविकको मैला गाउँ विकास समिति-७ बँदेलचौरमा एक माना चामल र नुन लिएवापत जग्गाको तिरो तिर्दै आएका उनीहरूले २८ वर्षपछि पछि जग्गाको लालपूर्जा पाएकोमा खुसी भएको स्थानीयवासी ९२ वर्षीय दलवीर बुढाले बताए ।

    मालपोत कार्यालय हुम्लाले भने मोठमा दर्ता भएको लालपूर्जा लिन जग्गाधनी नआएको बताएको छ । अनुगमनका क्रममा ताजाकोट गाउँपालिका जाँदा स्थानीयवासीले लालपूर्जा नपाएको गुनासो गरेका थिए ।

    तर गाउँपालिकाबाट सिफारिस लिएर आएपछि प्रतिलिपि दिने भनिए पनि स्थानीयवासी नआएका कारण पाउन नसकेको मालपोत कार्यालयले जनाएको छ । १२ घरधुरीलाई गतवर्ष चैतमा लालपूर्जा दिइएको मालपोत कार्यालय हुम्लाले जनाएको छ ।

    गाउँपालिका अध्यक्ष बाग्दल मल्लको रोहवरमा मासपुरवासीलाई लालपूर्जा वितरण गरिएको कार्यालयले जनाएको छ । दुई घरधुरीले सुरुमै लालपूर्जा लिइसकेका भएपनि अन्यले हालसम्म लालपूर्जा पाएका थिएनन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij