Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

अब धरहरा ढल्दैन

अब धरहरा ढल्दैन

  • 923
    SHARES
  • अब धरहरा ढल्दैन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्मित धरहराको उद्घाटन कार्यक्रममा अब धरहार नढल्ने बताएका छन् ।

    सुन्धारास्थित २२ तले धरहराको उद्घाटन कार्याक्रममा ओलीले भने, ‘अब कहिल्यै नढल्ने गरी धरहरा बनाइएको छ, अब धरहरा ढल्दैन ।’

    उनले नवनिर्मित धरहरा चढ्दा आइफल टावर चढेको अनुभूति भएको पनि बताए । आफैँले धरहराको बेसमेन्ट, क्षेत्रफल, सुन्धराको भौगोलिक अवस्था, सवारी पार्किङ र भग्नावशेष व्यवस्थापन गर्ने अवधारणालाई अघि बढाएको प्रधानमन्त्री ओलीले उल्लेख गरे ।

    dharhara.jpg

    राष्ट्रिय गौरवको धरहराको यसअघि पनि पुनर्निमाण हुँदै आएको बताउँदै अहिलेको सरकारले गरेको धरहराको पुनर्निर्माण ऐतिहासिक काम भएको बताए ।  

    ‘०७२ फागुनमा मैले मेरो धरहरा म बनाउँछु अभियान सुरु गरेको र त्यो अभियानले २४ करोड रुपैयाँ जुटाउन सफल भयो । आज उद्घाटन भएको धरहारामा त्यो पैसा पनि जोडिएको छ,’ उनले भने, ‘इतिहास झल्किने आधुनिकता टल्किने गरी यसको पुनर्निर्माण भएको हो ।’ 

    प्रधानमन्त्री ओलीले देशका महत्वपूर्ण संरचनामध्ये रानीपोखरी, दरबार हाईस्कुल र दशरथ रंगशालाको पनि पुनर्निर्माण भइसकेको बताए ।

  • सम्बन्धित विषय:

  • # धरहरा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij