काठमाडौं । सरकारले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माथिको प्रतिबन्ध फुकुवा गर्ने अनुमान गरे पनि त्यसो गरेन् ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विप्लव नेकपामाथिको प्रतिबन्ध फुकुवा गर्ने अनुमान व्यापकरूपमा गरिएको थियो । तर सरकारी उच्च स्रोतका अनुसार बैठकमा यस विषयमा छलफल समेत भएन ।
वार्ताको वातावरण बनाउनका लागि सरकारले विप्लव नेकपामाथिको प्रतिबन्ध फुकुवाको तयारी गरेको अनुमानहरू भएका थिए ।
राष्ट्रिय सुरक्षा तथा स्थायित्वमा असर परेको भन्दै मन्त्रीपरिषदले विप्लव नेतृत्वको नेकपामाथि २०७५ फागुन २८ मा प्रतिबन्ध लगाएको थियो ।
शनिबार (८ फागुन) मा नेकपा महासचिव विप्लवले विज्ञप्ति जारी गरेर सरकारले वातावरण बनाएमा वार्ताका लागि तयार रहेको बताएका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij