वेबटिभी खबर
किभ । युक्रेनको राजधानी किभमा रहेको एउटा सैन्य हार्डवेयर कारखानामा रूसी आक्रमण भएको छ । राजधानी किभबाहिर मिसाइल युनिटमा बम प्रहार गरेको एक दिनपछि सैन्य हार्डवेयर कारखानामासो हमला भएको हो । किभका मेयर भिताली क्लित्सकोले दार्निर्स्की जिल्लामा विस्फोट भएको बताए ।
रूसी सेनाले हार्डवेयर कारखानामा आक्रमण गरेको रूसी रक्षा मन्त्रालयले शनिबार पुष्टि गरेको छ । ‘उच्च सटीक लामो दूरीको हतियारले किभमा हतियार प्लान्टको उत्पादन भवनहरू ध्वस्त पारेको छ’, रूसी रक्षा मन्त्रालयले टेलिग्राममा एक विज्ञप्तिमा भनेको छ । गत महिना किभ वरपरका क्षेत्रहरूबाट रूसी सेनाहरू फिर्ता भएपछि राजधानीमा भएको यो पहिलो हमला हो । रूसले आफ्नो सम्पूर्ण शक्ति पूर्वी दोनाबास क्षेत्रमा केन्द्रित गर्ने जनाएको छ ।
रूसी सेनाले हार्डवेयर कारखानामा आक्रमण गरेको रूसी रक्षा मन्त्रालयले शनिबार पुष्टि गरेको छ । ‘उच्च सटीक लामो दूरीको हतियारले किभमा हतियार प्लान्टको उत्पादन भवनहरू ध्वस्त पारेको छ’, रूसी रक्षा मन्त्रालयले टेलिग्राममा एक विज्ञप्तिमा भनेको छ ।
ब्ल्याक सिमा आफ्नो युद्धपोत जहाजमा ठूलो क्षति बेहोरोपछि रूसले ठूलो झड्का महसुस गरेको छ । समुद्री युद्धपोतलाई युक्रेनी सेनाले ध्वस्त बनाएको युक्रेनले दाबी गरेको छ । युक्रेनले युद्धपोतलाई मिसाइल आक्रमणको निशानामा परेको बताए पनि रूसले जहाजमा रहेको गोलाबारूद विस्फोटका कारण आगलागी भएको दाबी गरेको छ ।
सोही हमलालाई लिएर रूसले तेस्रो विश्वयुद्ध सुरू भएको चेतावनी दिएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij