Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

भीम रावलको प्रश्न : के सूर्य बिक्री हुने व्यवसायिक चिन्ह हो ?

भीम रावलको प्रश्न : के सूर्य बिक्री हुने व्यवसायिक चिन्ह हो ?

  • 585
    SHARES
  • भीम रावलको प्रश्न : के सूर्य बिक्री हुने व्यवसायिक चिन्ह हो ?

    काठमाडौं । नेकपा एमालेका नेता डा.भीम रावलले आफ्नो पार्टीको चुनाव चिन्ह्र ‘सूर्य’ अरुलाई  प्रयोग गर्न दिएकोमा आपत्ति जनाएका छन् । नेकपा एमालेले बुधबार कमल थापा नेतृत्वको राप्रपा, नेपाल र परिवार दललाई आगामी स्थानीय तह निर्वाचनमा सूर्य चिन्ह प्रयोग गर्न दिने सहमति गरेपछि रावलले आपत्ति जनाएका हुन् ।

    विपरित सिद्धान्त भएका राप्रपा र परिवार दलका उम्मेदवारले एमालेको सूर्य चिन्हमा लड्ने तर एमाले हुनु नपर्ने रे के सूर्य चिन्ह बिक्री हुने व्यवसायिक चिन्ह हो ? उनले समाजिक सञ्जालमा प्रश्न गरेका छन् ।

    उनले ट्वीटरमा लेखेका छन्,‘यसलाई ठूलो ठेकेदारले ठेक्का लिएर सानो ठेकेदारलाई काम दिएजस्तो गर्न मिल्छ र ? दलीय प्रणाली र कम्युनिष्ट पार्टीको फजिती मात्र ।’ 

    एमालले बुधबार राप्रपा, नेपाल र परिवार दलसँग पाँच/पाँच वुदे छुट्टाछुट्टै सम्झौता गरेको थियो । सम्झौतामाा रापप्रपा, नेपाल र परिवार दलका उम्मेदवारले सहमति भएका स्थानमा सूर्य चिन्ह लिएर चुनावमा भागलिन पाउने उल्लेख थियो ।

     

     

  • सम्बन्धित विषय:

  • # भीम रावल

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij