वेबटिभी खबर
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले देश श्रीलंका हुन्छ भनेर अर्थतन्त्रबारे नकारात्मक टिप्पणी गर्नु अनावश्यक भएको बताएका छन् । उनले भने,अफवाहहरूलाई जोड्दै देश श्रीलंका हुन्छ भन्नेतिर लग्न खोजिदैछ, यो राष्ट्रघात हो ।’
सरकारले वृद्धभत्ता कटौती गर्न लागेको, अन्य काम पनि कटौती गर्न लागेको भन्दै भ्रम फैलाउने काम भइरहेको उनको भनाइ छ । आवश्यकता अनुसार बजेटको व्यवस्था गरिरहेको उनले बताए । वृद्धभत्ता कटौती गर्न लाग्यो, यसो गर्न लाग्यो भनेर भ्रम फैलाउने काम भइरहेको उनले बताए ।
ठूलो स्वरमा अर्थतन्त्र सकियो भन्दै राजनीतिकरण गर्न खोजिएको उनको भनाइ छ । उनले भने,‘हामी पनि सतर्कता अपनाइरहेका छौं । यसमा अनावश्यक अफवाह फैलाउनु आवश्यक छैन् ।’ उनका अनुसार अहिले पनि ट्रेजरीमा ६७ अर्ब पैसा छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij