वेबटिभी खबर
काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्माले नेपालको अर्थतन्त्रमा संकट नआएको बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री शर्माले मुलुकको अर्थतन्त्र संकटमा आएको भनेर अनावश्यक राजनीतिकरण गरिएको बताए ।
उनले भने, ‘अर्थतन्त्रलाई नियमित रूपमा सञ्चालन हुन दिनुपर्छ । जसरी देशमा अर्थतन्त्रको संटक आउन थाल्यो भनेर प्रचार गरिएको छ । त्यसमा कुनै सत्यता छैन । यस्तो विषयमा राजनीतिकिरण गरेर जनतालाई भ्रममा राख्न हुँदैन । यस्तो प्रचार नगर्न सबैलाई आग्रह गर्छु ।’
उनले अर्थतन्त्रका सूचना कमजोर भएपनि धरासायी नै नबनेको प्रस्ट पारे । ‘बाहिर अर्थतन्त्र डुबिसक्यो, धरासयी बन्यो, टाट पल्टिसक्यो भनेर कुप्रचार गरिरहेको देखिएको छ । त्यस्तो कुप्रचार गर्नु आवश्यक छैन,’ मन्त्री शर्माले भने ।
अर्थतन्त्र कमजोर अवस्थातिर गइरहेको भन्दै उनले त्यसकाे राेकथामका लागि सरकारले विभिन्न प्रयास गरिरहेको बताए ।
नेकपा एमालेले पार्टीबाट अर्थमन्त्री भइसकेका तीन नेतासमेत सहभागी राखेर आइतबार पत्रकार सम्मेलन गर्दै देशको अर्थतन्त्र धरासयी बन्दै गएको र इतिहासमै पहिलो पटक यति धेरै कमजोर बनेको आराेप लगाएको थियो । साथै राष्ट्र बैंकका गभर्नर निलम्वन गरेर अर्थमन्त्रीकाे अक्षमता ढाकछाेप गर्न खाेजिएकाे एमालेकाे पत्रकार सम्मेलनमा बताइएकाे थियाे ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij