वेबटिभी खबर
काठमाडौं । स्टार अस्पतालले ‘स्वास्थ्य, संगीत र सम्पदा’ भन्ने मूल नाराका साथ ललितपुर महानगरपालिका-२० स्थित पानीबहालमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।अस्पतालले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उक्त शिविर सञ्चालन गरेको हो ।
वरिष्ठ चिकित्सकको सहयोगमा शिविरमा स्थानीयवासी तथा पानीवहाल आसपास क्षेत्रका बिरामी तथा सर्वसाधारणको सामान्य परीक्षण, ज्येष्ठ नागरिकका लागि विशेष परीक्षण, प्रसूतिका साथै पेटसम्बन्धी रोगको जाँच गरिएको छ ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले नयाँ अवधारणाबाट सञ्चालित शिवरबाट आफ्नो नगरवासी लाभान्वित हुने विश्वास व्यक्त गरे । प्रधानमन्त्री कार्यालय तथा मन्त्रिपरिषद्का चिकित्सक डा.शैल रूपाखेतीले मानिसले आफ्नो स्वास्थ्यजीवन कायम राख्न आहारविहारमा संवेदनशील हुनुपर्ने बताए ।
उनले स्वास्थ्य र संगीतका बीचमा सुमधुर सम्बन्ध रहेको बताउँदै ऐतिहासिक सम्पादास्थलको संरक्षण गरी पर्यटन प्रवर्द्धन गर्ने नारा उपयोगी रहेको विचार व्यक्त गरे ।
अस्पतालका कार्यकारी अध्यक्ष किशोरकुमार महर्जनले थला नपरिकन अस्पताल जाने प्रचलन नरहेको अवस्थामा केही स्थान तथा क्षेत्र लक्षित गरी घरदैलोमा शिविर सञ्चालन गरेको बताउँदै ती बिरामीको थप परीक्षण तथा उपचारमा अस्पतालले २० प्रतिशतसम्म छुटका व्यवस्था गरेको जानकारी दिए ।
शिविरमा आउने बिरामी तथा सर्वसाधारणका लागि कुटुम्ब ब्याण्डले सांगितिक कार्यक्रम सञ्चालन गरेस्थानीय तीनबहालमा प्राचीन सम्पदाका रूपमा रहेको पोखरी छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij