Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

लोसपा अध्यक्ष ठाकुर अचानक अस्वस्थ 

लोसपा अध्यक्ष ठाकुर अचानक अस्वस्थ 

  • 1.4K
    SHARES
  • लोसपा अध्यक्ष ठाकुर अचानक अस्वस्थ 

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) का अध्यक्ष महन्थ ठाकुरको स्वास्थ्यमा अचानक समस्या आएपछि उपचारका लागि बुधबार दिउँसो हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ । 

    पार्टीको कार्यक्रमका लागि अध्यक्ष ठाकुर मंगलबारदेखि भैरहवामा थिए । मंगलबार विमानबाट भैरहवा पुगेका ठाकुरसहितको टोली मंगलबार नै नवलपरासीमा कार्यक्रम सकिएपछि भैरहवास्थित होटल पौवामा बसेका थिए ।

    बुधबार बिहान ठाकुरले आफ्नो स्वास्थ्यमा समस्या आएको बताएपछि भैरहवास्थित भीम अस्पतलका चिकित्सक सिद्धार्थ पाण्डेसहितको टिम उनको उपचारमा खटिएको थियो ।

    चिकित्सक पाण्डेका अनुसार ठाकुरको छातीमा समस्या हुनुका साथै उच्च ज्वरो र निमोनियाको समस्या देखियो । उपचारपछि उनको स्वास्थ्य अवस्थामा धेरै सुधार आए पनि थप उपचारका लागि काठमाडौं रिफर गरिएको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij