वेबटिभी खबर
काठमाडौं । चितवनको अयोध्यापुरीमा लगेर राखिने राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिलाई आज बालुवाटारमा विधिवत् रूपमा पूजा गरी पठाइएको छ ।
मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यले पूजा गरेका हुन् । बालुवाटारमा वैदिक अनुष्ठानसहितको पूजा गरि मूर्तिहरू चितवन पठाइएको हो ।
पूजाअर्चना कार्यक्रममा नेकपा एमाले संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङ, संस्कृति तथा पर्यटन मन्त्री भानुभक्त ढकाल, शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ लगायतको उपस्थिति थियो ।
राम, लक्ष्मण, सीता र हनुमानका प्रतिमा अलग-अलग रथमा राखेर चितवन पठाइएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij