Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

नेपालगञ्ज-कोहलपुर सडकखण्डको अतिक्रमित संरचना हटाउन सुरु

नेपालगञ्ज-कोहलपुर सडकखण्डको अतिक्रमित संरचना हटाउन सुरु

  • 446
    SHARES
  • नेपालगञ्ज-कोहलपुर सडकखण्डको अतिक्रमित संरचना हटाउन सुरु

    नेपालगञ्ज । नेपालगञ्ज-कोहलपुर सडकखण्डको अतिक्रमित संरचना हटाउन सुरु भएको छ । डिभिजन कार्यालय नेपालगञ्जले कोहलपुर-जमुनाह सडकखण्डको १६ किलोमिटरमा दुवैतर्फ २५ मिटर अतिक्रमित क्षेत्र हटाउन सुरु गरेको कार्यालय प्रमुख होमबहादुर एसीले जानकारी दिए ।

    उनका अनुसार, बिल्डअप एरियामा भने यसअघिकै निर्णय बमोजिम २१ मिटरसम्मका संरचना यथावत रहन दिइने भएको छ । कोहलपुरबाट अतिक्रमण हटाउन सुरु गरेपनि कोहलपुर उद्योग वाणिज्य संघले अतिक्रमण हटाउनेबारे स्थानीयवासीले जानकारी नपाएको जनाउँदै ७ दिनको समय माग गरेको छ ।

    स्थानीय व्यवसायीले समय माग गरेपछि प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीको उपस्थितिमा सात दिनको समय दिने लिखित निर्णय भएको छ । सात दिनभित्र पनि सडक क्षेत्रफल खाली नगरे सडक डिभिजनले हटाउने जनाइएको छ । कोहलपुरका व्यवसायीले समय मागेपछि पिप्रहवाबाट संरचना हटाउन सुरु भएको हो ।

    स्थानीय घरधनीले भने सडक डिभिजनले आफ्नो घर सडक क्षेत्रमा पर्यो कि परेन भनेर जानकारी नदिएकाले पनि समस्या भएको गुनासो गरेका छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij