वेबटिभी खबर
काठमाडौं । नेकपा माओवादी पार्टी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिल्ला पार्टी कार्यालय सिन्धुलीको नव निर्मित भवन उद्घाटन गरेका छन् ।
कार्यक्रममा सहभागी हुने शनिबार बिहान सिन्धुली जिल्ला सदरमुकाम सिन्धुलीगढी पुगेका उनले एक कार्यक्रमबीच जिल्ला पार्टी कार्यालयको भनवन उद्घाटन गरेका हुन् । स्थानीय चुनाव नजिकिएसँगै अध्यक्ष प्रचण्ड केही दिनयता देश दौडाहामा छन् ।
प्रचण्डका प्रमुख स्वकीय सचिव रमेश मल्लका अनुसार भवन उद्घाटनसँगै पार्टीका जिल्लास्थित नेता कार्यकर्तालाई निर्वाचन अभियानमा जुट्न निर्देशन दिने कार्यक्रम समेत रहेको छ ।
अध्यक्ष प्रचण्ड फागुनको तेस्रो साता सम्पन्न केन्द्रीय कमिटी बैठकपछि देशव्यापी निर्वाचन अभियानमा छन् । उनले अभियानको क्रममा मुख्य प्राथमिकता एक्लै निर्वाचनमा जाने माओवादीको तयारी रहेको बताउने गरेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij